You are currently viewing कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. बिष्ट नियुक्त

कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. बिष्ट नियुक्त

१५श्रावण,२०८२ः सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको नयां क्याम्पस प्रमुखमा सह–प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त हुनुभएको छ।
भर्खरै क्यापस प्रमुख तोयनाथ भट्ट सेवा निर्वित भएपछि हिजो मात्रै सुदूरपश्चिम विश्वविद्यालयले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। विगत २४ वर्ष देखि यस क्याम्पसमा कार्यरत छन्। वि.सं. २०७९ साल देखि बिष्ट सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए ।


नवनियुक्त क्याम्पस प्रमुख बिष्टलाई क्याम्पसमा प्राध्यापक तथा कर्मचारीहरुले बधाई सहित स्वागत गरेका छन्। वि.सं. २०३७ सालमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकाय तथा कार्यक्रममा झण्डै छ हजार विद्यार्थीहरु अध्ययनरत छन्।
न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर प्रत्यायनकृत (क्युएए) समेत प्राप्त गरिसकेको छ । हाल क्युएएको लागि तेस्रो चरणको प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply