You are currently viewing कैलाली बहुमुखी क्याम्पसमा स्ववियू निर्चाचन नेविसंघ,अनेरास्ववियू र अखिलले टुंग्यायो उमेदवार

कैलाली बहुमुखी क्याम्पसमा स्ववियू निर्चाचन नेविसंघ,अनेरास्ववियू र अखिलले टुंग्यायो उमेदवार

चैत्र १९,धनगढी : आसन्न चौत्र २७ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले उमेदवारको टुंगो लगाएको छ । नेविसंघले कैलाली बहुमुखी क्याम्पसमा अध्यक्षका लागि सन्तोष पन्तलाई सर्वसम्मत चयन गरेको छ । उनी अघिल्लो कार्यकालका सचिव पनि हुन । त्यस्तै सचिवमा ओम प्रकाश अवस्थी र कोषाध्यक्षमा प्रमिला शाहलाई अघि सारेको छ ।

त्यस्तै अनेरास्वयिूले निर्वतमान स्ववियू अध्यक्ष यमराज जोशीलाई नै अध्यक्षमा दोहोर्याएको छ भने सचिबमा किरण प्रसाद उपाध्यायलाई उमेदवार बनाएको छ । अखिल क्रान्तिकारीमा अघिल्लो निर्वाचनमा अध्यक्ष लडेका पवन सुनारलाई नै दोहोर्याने भएको छ भने सचिवमा लोकेन्द्र चौधरी र कोषाध्यक्षमा धर्मराज तिमिल्सिना उमेदवार बनेका छन । प्राज्ञिक स्वतन्त्र बाट सचिवमा लवदेव धामीको पनि उमेदवारी रहेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम प्रदेशकै प्रतिष्ठित कलेजको रुपमा रहेको छ । आफ्नो संगठनको गरिमाका लागि पनि कैलाली बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनलाई अत्यन्तै रोचकताका साथ हेरिने गरिनछ ।

 

Leave a Reply