You are currently viewing कैलाली मोडेलले आयोजना गरेको रन फर वेस्ट कलेक्सनमा सुदूरपश्चिमाञ्चल एकेडेमी प्रथम /@Kailalimodelschooldhn

कैलाली मोडेलले आयोजना गरेको रन फर वेस्ट कलेक्सनमा सुदूरपश्चिमाञ्चल एकेडेमी प्रथम /@Kailalimodelschooldhn

पौष ७,धनगढी : सृजनशिलतामा अग्र स्थानमा रहेको कैलालीको धनगढीस्थित कैलाली मोडेल माध्यमिक विद्यालयले आयोजना गरेको रन फर वेस्ट कलेक्सन प्रतियोगितामा सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएले प्रथम तथा द्वितीय स्थान हासिल गरेको छ । शनिवार आयोजित कार्यक्रममा धनगढीका १० विद्यालयका ४२ समूहको सहभागिता रहेको थियो। हिँड्दै फोहर संकलन गर्ने प्रतियोगितामा सबैभन्दा बढी फोहर संकलन गर्ने पाँच समूहलाई पुरस्कृत गरिएको छ।

प्रथम र द्वितीय स्थान हासिल गरेको एसपिए कलेजका विद्यार्थी समूहले क्रमशः ३६ दशमलव ९ किलोग्राम तथा १७ दशमलव ९३ किलोग्राम फोहर जम्मा गरेका हुन्। यस्तै, तृतीय हुुने चैतन्य पाठशालाका विद्यार्थीको समूहले १५ दशमलव ६७ किलोग्राम, चौथो हुुने ऐश्वर्य विद्या निकेतनको समूहले १५ दशमलव २२, र पाँचौ हुने अलाइन्स विद्यालयले १२ दशमलव ५६ किलोग्राम फोहर जम्मा गरेको सामाजिक क्लबका अध्यक्ष अनिल अवस्थीले बताए।

हाम्रो धनगढी सफा धनगढी अभियान अन्तर्गत सरसफाइ अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले बताए। उनले सफा धनगढी अभियानमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए। सिंहले सरसफाइ कार्यक्रमलाई हामी सबैले निरन्तरता दिनुपर्ने बताएका छन्।हरेक समूहमा दुई जना विद्यार्थी रहेका थिए। विजेता समूहलाई विद्यालयमा आयोजित कार्यक्रम पुरस्कृत गरिएको थियो। प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार तथा १ हजार प्रदान गरिएकोे थियो ।

Leave a Reply