You are currently viewing क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक,संदिप लामिछाने ‘ए’ मै रहँदा कुशल र करण ‘बी’ मा झरे /@CAN /@NepaliCricket

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक,संदिप लामिछाने ‘ए’ मै रहँदा कुशल र करण ‘बी’ मा झरे /@CAN /@NepaliCricket

फाल्गुन २८,धनगढी : नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछानेसहित पाँच खेलाडी छन्। यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवामा परेका छन्।

ग्रेड ‘ए’ मा रहेन खेलाडीले मासिक एक लाख रुपैयाँ तलब पाउने छन्। ग्रेड ‘बी’ मा रहने खेलाडीले भने ७० हजार, ग्रेड सी मा रहने खेलाडीले मासिक ५५ हजार रुपैयाँ ,डोमेस्टिकले मासिक ३५ हजार र इमर्जिङ खेलाडीले मासिक २५ हजार पाउने छन्।ग्रेड ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन्। ललित यसअघि पनि यही ग्रेडमा थिए। अनिललाई भने पहिलोपल्ट क्यानले ग्रेडमा समेटेको हो।

यस्तै, यसअघि ग्रेड ‘बी’ मा रहेका अलराउन्डर कुशल मल्लसँगै आरिफ शेखको घटुवामा परेका छन्। यी दुईसँगै सन्दीप जोरा र भीम सार्की ग्रेड ‘सी’ मा छन्।
ग्रेड सी मा संदिप जोरा र भिम सार्की रहेका छन ।

यस्तै ग्रेड डी मा सागर ढकाल,लोकेश बम,शाहब आलम,आकाश चन्द,विवेक यादव लगायत छन । त्यस्तै ७ प्रदे ७ खेलाडीहरुलाई इमर्जिङ क्याटागोरीमा राखेको छ ।

त्यस्तै महिला खेलाडीको पनि वर्गीकरण सार्वजनिक भएको छ । ग्रृड ए मा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री,सिता रानामगर,पुजा महतो परेका छन उनीहरुले मासिक पचास हजार प्राप्त गर्नेछन । ग्रेड बी मा कविता जोशी परेकीछन उनले मासिक ३५ हजार प्राप्त गर्नेछन । कविता कुँवर र सम्झना खड्का ग्रेड सी मा पर्दा अरु सबै ग्रेड डी मा परेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply