मंसिर १२,धनगढी : धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको एरिष्टो माविमा क्याप्टेन चयनका लागि नमूना मतदान आयोजना गरेको छ । सुदूरपश्चिम प्रदेशमा अग्रेणी शैक्षिक संस्थाको रुपमा परिचय बनाएको एरिष्टो माविले विद्यालयमा रहेका सबै विद्यार्थीहरुको साझा प्रतिनिधि छान्न निर्वाचन प्रक्रियाका माध्यमबाट नमूना मतदान गरिएको एरिष्टो माविका सामाजिक विषयका शिक्षक विकास विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माले विद्यार्थीहरुलाई कोरा किताबी ज्ञानमात्रै दिनुभन्दा पनि यस्ताखाले प्रयोगात्मक कार्यक्रमले उनीहरुको दिमागमा गहिरो छाप पर्नेहँुदै सबै विधि पद्धति पुगाएर निर्वाचन गरिएको उनको भनाइ छ । उनले एरिस्टो माविमा अध्ययनरत विद्यार्थीहरूलाई नेपालमा विद्यमान संविधान बारे जानकारी गराएर निर्वाचन पद्धतिमा सहभागी गराएको बताए । निर्वाचन प्रक्रियामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । हाम्रो पाठ्यक्रममा सरकार गठनको प्रक्रिया सरकारले गर्नुपर्ने काम कारबाही र निर्वाचन प्रक्रियाबारे उल्लेख भएपनि प्रयोगात्मक नरहेको भन्दै हामी विद्यार्थीहरुका लागि यो एक नौलो र अत्यन्तै सिकाइमूलक कार्यक्रम भएको निर्वाचन प्रक्रियामा सहभागी विद्यार्थीहरुले बताए ।
हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको र कक्षा १० को पाठ्यक्रमअनुसार नमूना मतदान प्रक्रिया सुरु गरिएको साथै निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमूना मतदान पूरा गरेको नमुना निर्वाचनका निर्वाचन अधिकृत समेत रहेका कक्षा १० का बिध्यार्थी गौरब उपाध्यायको भनाई रहेको छ ।
मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले आफुलाई भबिष्यमा सही र योग्य उमेदवार छनोट गर्न समेत सहयोग पुग्ने कक्षा १० मा अध्यनरत प्रिन्स गुप्ताको भनाई रहेको छ । मतदानको कार्यक्रम सकिएपनि नतिजा भने सार्वजनिक भैसकेको छैन । हरेक कक्षामा एक एक जना कक्षा क्याप्टेन र ती क्याप्टेहरुबाट सिंगो विद्यार्थीहरुको प्रतिनिधि स्कुल क्याप्टेनको छनोट हुने एरिष्टो माविका गणित शिक्षक रियल एनलाइसिसिले जानकारी दिए ।