You are currently viewing क्रिकेटको मिनी विश्वकप अर्थात च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ बाट पाकिस्तानमा सुरु हुँदै

क्रिकेटको मिनी विश्वकप अर्थात च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ बाट पाकिस्तानमा सुरु हुँदै

फाल्गुन ०२,धनगढी : क्रिकेटको महाकुम्भ मानिने विश्वकप क्रिकेटपछिको क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता हो, च्याम्पियन्स ट्रफी । यसलाई क्रिकेटको ुमिनी विश्वकपु पनि भन्ने गरिन्छ । सन् १९९८ बाट सुरुवात भएको यो प्रतियोगिताको २०२५ सम्म आइपुग्दा ८ वटा संस्करण पूरा भइसकेको छ ।

यसको नवौँ संस्करण आगामी फेब्रुअरी १९ अर्थात् अर्को हप्तादेखि पाकिस्तानमा सुरु हुँदै छ । प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक राष्ट्र पाकिस्तान र विश्वकप २०२३ को सेमिफाइनलिष्ट राष्ट्र न्यूजिल्याण्ड आमनेसामने हुँदैछन् । पाकिस्तान यस प्रतियोगिताको विजेता राष्ट्र पनि हो । यसअघि सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतलाई पराजित गर्दै पाकिस्तान विजेता बनेको थियो ।

Leave a Reply