क्रिकेटर शेर मल्ललाई गौतम एजुकेशन एण्ड भिजाले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमका बीच मल्ललाई गौतम एजुकेशन एण्ड भिजाले एकवर्षका लागि ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

दोश्रो संस्कणको नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उदयमान खेलाडि चुनिएर लुम्बिनी लायन्सलाई उपाधि जिताएका मल्ल विश्वकप २०२६ को लागि राष्ट्रिय टोलीको बन्द सूचिमा पनि अटाएका छन ।

मल्ललाई अघिल्लो महिना सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएले पनि एकवर्षका लागि ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको थियो भने जिल्ला क्रिकेट संघ कैलालीले पनि सनिबार मासिक पारिश्रमिक दिने गरी सम्झौता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?