क्रिकेटर शेर मल्ललाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । १९औं संस्करणको सुदूरपश्चिम महोत्सव प्रांगणमा अध्यक्ष पुष्कर राज ओझाले फुलमाला र दोसल्ला सहित मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।

मल्ल मंसिर २७ गते सम्मान दोश्रो संस्करणको नेपाल प्रीमियर लिग NPL को विजेता टोली लुम्बिनी लायन्सका मुख्य खेलाडी थिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिदै मोटरसाइकल पनि जित्न सफल भएका थिए । अघिल्लो सिजन जनकपुर बोल्ट्समा आबद्ध मल्लले त्यहाँ पनि उत्कृष्ट प्रदर्सन गर्दै टिमलाई च्याम्पियन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?