You are currently viewing क्रिकेटर सन्दीप लामिछाने अनुशासनको कार्बाहीमा,क्यानले गर्यो एक खेलमा प्रतिबन्ध /@SandeepLamichhane

क्रिकेटर सन्दीप लामिछाने अनुशासनको कार्बाहीमा,क्यानले गर्यो एक खेलमा प्रतिबन्ध /@SandeepLamichhane

माघ ८,धनगढी :नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने निलम्बनमा परेका छन्। लामिछानेलाई अनुशासनको कार्बाही स्वरूप एक खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको हो ।

गत साता मधेसमा सम्पन्न जय ट्रफी एलिट कपका चलिरहँदा सन्दीपले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको र सोही विषयमा उनलाई कार्बाही स्वरूप निलम्बन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ । खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले सन्दीपलाई एक खेलका लागि निलम्बन गरिएको क्यानले जनाएको छ।सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।

सन्दीप पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन्। सुरुवातमा संदिपका पक्षमा निकै राम्रा प्रतिक्रिया आएपनि पछिल्लो समय भने उनले गरेका पोस्टहरुमा नकरात्मक कमेण्ट पनि आउन थालेका छन ।

Leave a Reply