You are currently viewing क्वालिफायरमा जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाई दियो मध्यम लक्ष्य

क्वालिफायरमा जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाई दियो मध्यम लक्ष्य

पौष ३,धनगढी : नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्टसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको छ । जनकपुर बोल्टसका लागि विदेशी खेलाडी जिमी निसमले सर्वाधिक ४५ रनको पारी खेले । त्यस्तै शुभ कंसकारले २६ ,लहिरु मिलन्था र हर्ष ठाकरे समान १२ / १२ रन बनाए । सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३ विकेट चट्काए ।

Leave a Reply