पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेरिस पारालिम्पिक( २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बधाई दिएका छन् ।
शनिवार टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले बधाइ दिएका हुन् । दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउदै पलेशाको सफलताले विश्वभर रहेका सम्पूर्ण नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेको बताए ।सो अवसरमा पलेशाका बुवा प्रदीप, प्रशिक्षक लामा, पारालिम्पिकमा तेक्वान्दो टोलीका व्यवस्थापक एवं राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ क्याटाकोरी अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५(८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।