You are currently viewing खो खो विश्वकपमा सहभागी हुने सुदूरपश्चिमका खेलाडीको बिदाई / Kho Kho Worldcup2025

खो खो विश्वकपमा सहभागी हुने सुदूरपश्चिमका खेलाडीको बिदाई / Kho Kho Worldcup2025

मंसिर २०,धनगढी: आगामी जनवरीमा भारतको दिल्ली स्थित ईन्दीरा गान्धी रंगशालामा आयोजना हुन गैरहेको पहिलो संस्करणको खो खो विश्वकपमा सहभागी हुने सुदूरपश्चिमका महिला तथा पुरुष खेलाडीको बिदाइ गरिएको छ । बिहिबार धनगढी रंगशाला स्थित जिल्ला खेलकुद समितिको कैलालीको कार्यालयमा सुदूरपश्चिमबाट विश्वकपमा सहभागी हुने खुस्बु राना,वर्षा पण्डित ,जोगिन्द्र रानाको बिदाइ गरिएको हो भने गणेश बि.क धनगढी बाहिर रहेका कारण बिदाई कार्यक्रममा सहभागी हुन सकेनन ।

बिदाइ कार्यक्रममा विश्वकप खेल्न जाने खेलाडीहरुलाई शुभकामना दिदै जिल्ला खेलकुद समितिका कैलालीका अध्यक्ष ललित खत्रीले आफू मातहतमा रहेका संघहरुलाई सकृय गराउन बेलाबेलामा अन्तरक्रिया गर्नेगरेको बताए । उनले पछिल्लो समय खेलाडीहरुको हकहित र सुविधामा भन्दा खेलकुदसँग सम्बन्धित निकायहरु राजनीति बढि गरिरहेकोमा दुःख लाग्ने गरेको बताए । बिदाइ कार्यक्रमा बोल्दै नेपाल खो खो संघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण बहादुर बोहराले थोरै लगानीमा पनि देशलाई पदक दिलाउने खेल खो खो भएकाले राज्यले यसमा पर्याप्त लगानी लगाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल खो खो संघका केन्द्रिय कोषाध्यक्ष तथा नेपाली राष्ट्रिय खो खो टिमका व्यवस्थापक कृष्ण पनेरुले नेपाली टिम उच्च लयमा रहेको भन्दै पदक ल्याउनेमा आफू ढुक्क रहेको बताए । उनले भोलीदेखि नेपाली टिमले काठमाण्डौंमा एक महिना बन्द प्रशिक्षण थाल्ने बताए । आगामी जनवरी १३ देखि १९ गतेसम्म भारतको  दिल्ली स्थित ईन्दीरा गान्धी रंगशालामा आयोजना हुन गैरहेको पहिलो संस्करणको खो खो महिला र पुरुष विश्वकपमा विश्वभरीबाट २४ राष्ट्रले सहभागिता जनाउनेछन ।


बिदाइ कार्यक्रममा कराँते प्रशिक्षक प्रकाश चन्द,जिल्ला खो खो संघ कैलालीका अध्यक्ष तारा बहादुर बलायर,नेपाल खो खो संघ सुदूरपश्चिम प्रदेश कमिटि सदस्य मन्जु भट्ट,सदस्य पुष्कर राज अवस्थी लगायतको उपस्थिति रहेको थियो ।

खेलाडी बिदाइका तस्वीरहरु

 

Leave a Reply