You are currently viewing खो खो विश्वकप : भारतमा चुपचाप इतिहाँस रच्दै नेपाली खेलाडी,महिला र पुरुष टोली सेमिफाइनलमा /@Kho KhoWorldcup202

खो खो विश्वकप : भारतमा चुपचाप इतिहाँस रच्दै नेपाली खेलाडी,महिला र पुरुष टोली सेमिफाइनलमा /@Kho KhoWorldcup202

माघ ४,धनगढी भारतको दिल्लीमा यतिबेला महिला र पुरुष खो खो विश्वकपको चर्चा छ । पहिलो संस्करणको विश्वकपमा विश्वभरीका दर्जनौं देशले सहभागीता जनाइरहँदा अघिल्लो हप्ता बिनाकुनै हल्ला विश्वकपमा सहभागी हुन भारतको दिल्ली पुगेको नेपाली महिला र पुरुष टोलीले अप्रत्याशित नतिजा निकालिरहेको छ ।

विश्वकपमा सहभागी महिला र पुरुष दुवै टोली शुक्रबार सम्पन्न क्वाटर फाइनलमा उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनल प्रवेश गरेका छन । महिला टोलीले इरानलाई हराउँदै सेमिफाइनलमा पुगेको छ भने पुरुष टिमले बंग्लादेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार इरानलाई १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको हो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो ।

त्यस्तै शुक्रबार नै सम्पन्न पुरुष टोलीले पनि दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा बंग्लादेशलाई ६७- १८ ले हराउँदै अन्तिम चारमा पुगेको हो।
नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो। नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो ।

 

सेमिफाइनल र फाइनलको नतिजा जे जस्तो आएपनि विश्वकप जस्तो ठूलो मञ्चमा पहिलो संस्करणमै विश्वमा खो खो खेलमा बलिया भनिएका देश विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्दै सेमिफाइनलमा पुगेर एउटा इतिहाँस भने रचिसकेको छ ।

 

 

 

Leave a Reply