You are currently viewing गायक उपाध्याय २५ हजार नगद सहित सम्मानित @YagyarajUpadhyaya

गायक उपाध्याय २५ हजार नगद सहित सम्मानित @YagyarajUpadhyaya

फाल्गुन ०३,धनगढी : गायक यज्ञराज उपाध्याय २५ हजार नगद सहित सम्मानित भएका छन । धनगढी उपमहानगरपालिका वडा न.५ शिवनगरमा रहेको चैतन्य पाठशालाले आफ्नो २४औं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिमको गीत संगितको क्षेत्रमा योगदान पुर्याको भन्दै उपाध्यायलाई नगद २५ हजार सहित सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले पच्चिस हजारको चेक हस्तान्तरण गर्दै दोसल्ला सहित सम्मान गरे । लामो समयदेखि गीतसंगीतका क्षेत्रमा सकृय उपाध्ययको राइझुमा झुमा क्या मस्क्याकि छौ हो गीत लोकप्रीय छ ।

यसैवर्ष उपाध्यायले काली कर्णालीको सेरोफेरो नामक पुस्तक पनि बजारमा ल्याएका छन ।

Leave a Reply