नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४(१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेल १(१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।त्यसअघि खेलको ५६औं मिनेटमा जेत्सुन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर ७८औं मिनेटमा नेपालका लागि निराजन धामीले बराबरी गोल फर्काए ।नेपालले अब भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?