फाल्गुन २०,धनगढी : धनगढी उपमहानगरपालिका वडा न १ पशुपति टोलमा रहेको ग्यालेक्सी बहुमुखी क्याम्पसले आयोजना गरेको पहिलो संस्करणको ग्यालेक्सी बिज्नेश क्वीजको उपाधि नास्ट कलेजले हात पारेको थियो । उपाधि सँगै नास्टले नगद ८ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता टिम नास्टमा उत्सब अग्रवाल,नितेश बोगटी, अर्चना कार्की र अमन चन्द सहभागी थिए । त्यस्तै धनगढी ५ तारानगरमा रहेको एक्सिस विद्याश्रमले दृतिय स्थान हाँसिल गरेको छ । एक्सिसले नगद ६ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टिम एक्सिसमा सागर शाह,रोसन मल्ल,जीवन कुँवंर र हिरा धामी सहभागी थिए । बिज्नेश क्वीजको तृतिय स्थान वाल्मिकी ईन्टरनेश्नल स्कुलले हात पारेको छ । उस्ले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
वाल्मिकी ईन्टरनेश्नल स्कुलको टिममा रिजन घिमिरे,भरत सिंह भाट,अप्सा खड्का र सिदिज भण्डारी रहेका थिए । विजेता विालयका टिमलाई ग्यालेक्सी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहन भट्टले नगद तथा प्रमाणपत्र प्रदान गरे । ग्यालेक्सी बिज्नेश क्वीजमा धनगढी उपमहानगर भित्रका १० विद्यालयका १३ टिम सहभागी थिए । ग्यालेक्सी बहुमुखी क्याम्पसले आयोजक रहेको ग्यालेक्सी बिज्नेश क्वीजको मुख्य प्रायोजक चुवाई पुस्तक पसल,रुमिना फार्मेसी एण्ड क्लिनिक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.रहेका थिए भने सहप्रायोजकमा गरिमा पोलिक्लिनिक प्रा.लि.,ए वान स्टार टेलर्स र ईमेज बुक्स एण्ड स्टेसनरी रहेका थिए ।