१० भाद्र २०८२ : धनगढी उपमहानगरपालिका वडा न.४ ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमीका विद्यार्थीहरुले कपडा संकलन गरेर विपन्नलाई वितरण वितरण गरेको छ ।

“भए दिएर जानुस, आवश्यक भए लैजानुहोस्” भन्ने नाराका साथ विद्यालयले ५ दिनसम्म कपडा संकलन गरेर आफ्नै विद्यालयको गेटबाट वितरण गरेको विद्यालयकी सहायक प्रधानाध्यापक तथा उक्त कार्यक्रमकी संयोजक तारा पल्लवीले जानकारी दिनुभयो ।

सहायक प्रधानाध्यापक पल्लवीका अनुसार हरेक वर्ष केही न केही सामाजिक सेवा सम्बन्धि काम गर्ने उद्येश्यका साथ गठन भएको विद्यालयको Soul Service Circle क्लबका कक्षा ८,९ र १० का १५ जना विद्यार्थीहरुले पाँचदिनसम्म कपडा संकलन गरेका थिए ।

विद्यार्थीसँगै,कर्मचारी र केहि व्यवसायीहरुले पनि साइज तलमाथि भएका र राम्रो अवस्थामा रहेका सफा कपडाहरु क्लबलाई हस्तान्तरण गरेका थिए । सुरुमा कपडा संकलन गरेर कुनै सामाजिक संस्थालाई हस्तान्तरणन गर्ने योजना बनाएको भएपनि पछि आफूहरुले विद्यालयको गेटमै ब्यानर टाँगेर बस्दा धेरैले चाँसो दिएपछि उतैबाट इच्छुकलाई कपडा छानेर लैजान दिइएको विद्यालयकी सहायक प्रधानाध्यापक तथा उक्त कार्यक्रमकी संयोजक तारा पल्लवीले जानकारी दिनुभयो ।

हाल ग्ली एकेडेमीमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने थप ५ इन्टर क्लब सकृय रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?