फाल्गुन ०४,धनगढी : नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादे अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने योजना रहेको बताइन् ।खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा अञ्जिलाले भनिन्,‘ उपाधि खडेरी तोड्न यो प्रतियोगिता हाम्रा लागि राम्रो अवसर हो ।
तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । उपाधि कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन ।’
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगीतामा घरेलु टोली नेपाल,किर्गिस्तान,लेबनान र म्यानमार रहेका छन । हरेक टोलीले एकअर्कासँग खेल्नेछन । अंक तालिकाको शिर्ष दुइमा रहेका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।