कार्तिक ९ धनगढी : भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का छ वर्षपछि पुन : टेलिभिजनमै प्रसारण हुन लागेको हो ।। २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमनले प्रशंसकहरु उत्साहित भएका छन ।
सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । क्लिपमा लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् । दयानन्द शेट्टीको कालो आँखाको क्लोज–अप शटबाट क्लिप सुरु हुन्छ । त्यसपछि एसीपी प्रद्युम्न प्रहरीको गाडीबाट मुसलधारे पानीमा निस्केको देखिन्छ । पृष्ठभूमिमा सीआईडीको चर्चित थिम संगीत बज्छ ।

डिटेक्टिभ ड्रामा विधाको यो शोमा ‘इन्स्पेक्टर पंकज’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता अजय नागरथले पनि उक्त क्लिप आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘के तपाईं उत्साहित हुनुहुन्छ रु’ यसले शोका कलाकारमा पनि यसप्रति निकै उत्साह रहेको देखाउँछ । यो लोकप्रिय शो फर्किने खबरले फ्यान पनि उत्साहित छन् । सोनी टिभीको हिट शृंखला सीआईडी २० वर्षको सफल दौड पूरा गर्दै अक्टोबर २०१८ मा समाप्त भएको थियो । शोमा काम गर्ने कलाकारहरु आफ्नो उत्कृष्ट अभिनयका कारण घरघरमा चर्चित भए । ट्रेलर शनिबार सार्वजनिक हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?