पौष १५,धनगढी: धनगढीमा सम्पन्न ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ मा आयोजित चित्रकला प्रतियोगीताको माध्यामिक तहमा एक्सिस विद्याश्रमले प्रथम स्थान हाँसिल गरेको छ । एक्सिस विद्याश्रम कक्षा ११ मा अध्ययनरत छात्रा निधी पाण्डेय प्रथम भएकी हुन । उनले नगद १५ हजार र प्रमाण पत्र पनि प्राप्त गरिन ।
त्यस्तै धनगढीको थ्रीस्टार बोडिङ्ग स्कुलकी रेखा ओझा दृतिय भएकी छन भने डिस्कभरी बोडिङ्ग स्कुल धनगढीका निरज सिंंह जाग्रीले तेश्रो स्थान हाँसिल गरेका छन । रेखाले नगद १० हजार तथा निरजले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे । समापन समारोहका विशिष्ट अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीले विजेता सबैलाई पुरस्कार प्रदान गरे ।
आधारभुत तहमा शैलेश्वरीकी छात्रा भावना चन्द प्रथम
त्यस्तै आधारभुत तह अन्तर्गतको चित्रकला प्रतियोगीता शैलेश्वरी बोडिङ्ग स्कुल कक्षा ८ मा अध्ययनरत छात्रा भावना चन्द प्रथम भएकी छन । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरिन ।
त्यस्तै दृतिय हिमाल एकेडेमीका छात्र निरज ठकुल्ला भएका छन भने तेश्रो स्थान डिस्कभरी बोडिङ्ग स्कुलका आयुष खड्काले हात पारेका छन । निरज र आयुषले क्रमश नगद १० हजार र ५ हजार तथा प्रमाण पत्र प्राप्त गरे । समापन समारोहकी विशिष्ट अतिथि धनगढी उपमहानगरपािलकाकी उपप्रमुख कन्दकला रानाले विजेता सबैलाई पुरस्कार प्रदान गरिन ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा यहि पौष ९ गतेदेखि सञ्चालनमा आएको ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सोमबार समापन भएको हो ।