You are currently viewing चिरपरिचित युएइलाई हराउँदै नेपाल ग्लोबल वालिफायरमा प्रवेश /

चिरपरिचित युएइलाई हराउँदै नेपाल ग्लोबल वालिफायरमा प्रवेश /

जेठ ५,धनगढी : महत्वपूर्ण खेलमा नेपालले चिरपरिचित युएइलाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपाल ग्लोबल वालिफायरमा प्रवेश गरेको छ । भोली नेपालले आयोजक थाइल्यान्डसँग एसिया छनोटको दोश्रो खेल खेल्नेछ । भोलीको नतिजा जस्तो आभएपनि नेपाललाई फरक पर्नेछैन किनकी हरेक समूहबाट दुई टोली ग्लोबल छनोटमा पुग्ने प्रावधान अन्तर्गत यो समूहबाट आयोजक थाइल्यान्ड हिजै युएइलाई पराजित गर्दै छनोट भैसकेको छ ।

थाइल्यान्डमा जारी आइसिसि महिला टि २० विश्वकप एसिया व्वालिफायरमा युइले दिएको ११५ रनको लक्ष्य पछ्याउन क्रममा नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ रनको उत्कृष्ट पारी खेलिन । त्यस्तै रुविना क्ष्ोत्रीले महत्वपूर्ण २३ तथा ओपनर सम्झना खड्काले २१ रनको योगदान दिइन ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पार्यो ।युएईका लागि कप्तान इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए ।नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए ।

हिजो भएको खेलमा युएईलाई ५४ रनले हराउँदै आयोजक थाईल्याण्ड भने ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भैसकेको छ। नेपाली महिला क्रिकेट टोलीले ग्लोबल छनोटमा स्थान बनाएको यो पहिलो अवसर हो । अब ग्लोबल छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष ४ टिम विश्वकपमा पुग्नेछन् ।

 

Leave a Reply