You are currently viewing चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडर नियुक्त भए साईकल यात्री शाह / @ChaitanyaPathashla / @BharatBikramShah

चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडर नियुक्त भए साईकल यात्री शाह / @ChaitanyaPathashla / @BharatBikramShah

मंसिर २३,धनगढी : सुदूरपश्चिममा फार्वेस्टर्न राईडर नामको उपमा पाएका साईकल यात्री भरत विक्रम शाहलाई चैतन्य पाठशाला धनगढीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।साईकल संस्कृतिसंगै सुदूर पश्चिमको पर्यटन प्रबद्र्धनमा सक्रिय शाहलाई आईतवार चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् ।

अध्यक्ष जोशीले आईतवार चैतन्य पाठशालाको बिहानी प्रार्थना सभामा शाहलाई एम्बेसडरको नियुक्ति पत्र हस्तान्तरण गरे ।जोशीले सुदूरपश्चिमको पर्यटन प्रबद्र्धन र साईकल संस्कृतिको विकासमा पु¥याएको योगदानको कदर गर्दै शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बताए ।

शाहले शिक्षा र संस्कारको सङ्‌गम प्रकृति र संस्कृतिको सम्मानका लागि चिनिने चैतन्य पाठशालाले आफूलाई ब्राण्ड एम्बसेडर नियुक्त गरेकोमा धन्यवाद दिए । शाहले चैतन्य पाठशालाका अध्यक्ष जोशीले आफूलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेर साईकल संस्कृति र प्रर्यटन प्रबद्र्धनमा लागीरहन हौसला प्रदान गरेको बताए ।

हाल शाह सुदूरपश्चिमका विभिन्न भु-भागमा पुगेर गएर त्यहाँका सम्भावनाहरुलाई भिडियो डकुमेन्ट्री मार्फत पर्यटन प्रबद्र्धनमा सकृय छन । उनले सुदूरपश्चिममा पर्यटन भित्र्याउन छिमेकी देश भारत लगायत अन्य मुलुकका भएर सुदूरपश्चिम भ्रमणका लागि निमन्त्रणा दिने गरेका छन । फार्वेस्टर्न राईडर कै नामले परिचित शाहलाई भेट्न अहिले विभिन्न देशका पर्यटक धनगढी आउने गरेका छन ।

Leave a Reply