‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा सम्पन्न प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ।
चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिए। उनले भने चैतन्य पाठशालाले समाजका विभिन्न क्षेत्रहरूलाई उजागर गर्दै आएकोमा यसपछिको कार्यक्रम अझ वृहत रुपमा आयोजना गरिने छ।
कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त सामग्री र अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने बताए । उनले भनेयो हाम्रो देशमा विभिन्न स्तरका खेलाडीहरू रहेका छन्।
र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ । यसरी विद्यालय स्तरमा कार्यक्रमहरू आयोजना गर्न सकेमा खेलाडीहरूमा रहेको क्षमता प्रदर्शन हुनेछ।
चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको संगम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताए। उनले चैतन्यका हरेक गतिविधि समाजसँग जोडिँदै आएको र विद्यालयले सक्षम र सचेत नागरिक उत्पादन गर्दै आएको उल्लेख गरे।
कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ट तेक्वान्दो गुरू गोविन्द विष्ट, शेरवहादुर सिंह र मोहन प्रताप गुरूङलाई जनहि १०,००० सहित प्रमुख अतिथि ओलम्पियन दीपक विष्ट लगायत अतिथि जगत टमटाले खादामाला,सम्मानपत्र र नगदसहित सम्मान प्रदान गरिएको छ ।
प्रतियोगितामा विजयी हुने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ। टिम प्रथमले रु ५०,०००, दोस्रोले रु ३०,००० र तेस्रोले रु २०,००० प्राप्त गर्नेछ। साथै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही रु ५,००० पुरस्कार प्रदान गरिनेछ।
चैतन्य पाठशालाले आफ्नै चैतन्य स्पोर्टस एकेडेमिको माध्यमवाट विद्यार्थीहरूलाई वृहत खेलकुदको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।कार्यक्रमको अवसरमा राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाले चैतन्य पाठशालाको चैतन्य स्पोर्टस एकेडेमीलाई खेल सामग्री समेत हस्तान्तरण गरेका छन ।