You are currently viewing चैतन्य हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्कालाई ,कर्पोरेट तर्फ विक्रम पार्की प्रथम

चैतन्य हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्कालाई ,कर्पोरेट तर्फ विक्रम पार्की प्रथम

वैशाख १,धनगढी  : धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गरेको ११ औं सस्करणको “अब धनगढी दौडन्छ” चैतन्य धनगढी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबक्व्व खड्क बहादुर खडकाले हात पारेका छन । उनले निर्धारित २१ दशमलव १ किलोमीटरको दुरी १ घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन । त्यस्तै निर्धारित दुरी पार गर्दै नेपाली सेनाकै राजन रोकाया (१:०६:७) र  नरेन्द्र सिंह रावत (१:१०) क्रमश दोश्रो र तेस्रो भए ।

उपाधि संगै खड्काले नगद ७५ हजार प्राप्त गरे । खड्कालाई मुख्य प्रायोजन गरेको चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले नगद प्रदान गरेका थिए । उपविजेता रोकायाले नगद ५० हजार र रावतले नगद २५ हजार प्राप्त गरे । त्यस्तै कर्पोरेट तर्फको ५ किलोमीटर दौडमा महिला तर्फ लक्ष्मी भट्टले प्रथम पुरस्कार प्राप्त गरिन । त्यस्तै कमला बडुवाल र शान्ता वलि क्रमश दोश्रो र तेस्रो भए ।

त्यस्तै पुरुष तर्फ बिक्रम पार्की प्रथम भए । त्यसैगरि द्वितीय टेवेन्द्र चन्द र तेस्रो चन्द नाथ भए । कर्पोरेट तर्फ महिला र पुरुष बिजेताले क्रमश ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय नगद हात पारे ।त्यस्तै ट्राइसाइकल तर्फ सहभागी सम्पुर्णलाई पुरस्कृत गरिएको संयोजक दीपक गौतमले बताए । समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

Leave a Reply