You are currently viewing च्याम्पियन्स फाइनलमाः पाकिस्तान

च्याम्पियन्स फाइनलमाः पाकिस्तान

१५श्रावण,२०८२ः इङग्ल्याण्डमा जारी वल्र्ड च्याम्पियनसिप अफ लिजेन्डमा पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको छ ।आज हुनु पर्ने पहिलो सेमिफाइनलमा इण्डियन च्याम्पियन्सको सामना गर्नु पर्ने थियो ।

तर, इण्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्ने अस्विकार गरे पछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अंकका आधारमा फाइनल प्रवेश गरेको हो ।पाकिस्तान च्याम्पियन्स लिग चरणका खेलेका सबै ४ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेको थियो । उता, इण्डियन्स च्याम्पियन्सले भने खेलेको एक मात्र खेलमा विजयी भएर चौथो स्थानमा रहेको थियो ।

इण्डियन्स च्याम्पियन्सले लिग चरणमा पनि पाकिस्तानसँग खेल्न अस्विकार गरेको थियो । आगामी शनिवार उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेता टिमसँग खेल्ने तालिका छ । दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका च्याम्पियन्सले अस्ट्रेलिया च्याम्पियन्सको सामना गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply