You are currently viewing च्याम्पियन ट्रफी : इङ्ग्ल्याण्डले दिएको विशाल लक्ष्य अष्ट्रेलियाले ४८ ओभरमै पूरा गर्यो /@ICCChampionsTrophy

च्याम्पियन ट्रफी : इङ्ग्ल्याण्डले दिएको विशाल लक्ष्य अष्ट्रेलियाले ४८ ओभरमै पूरा गर्यो /@ICCChampionsTrophy

फाल्गुन १०,धनगढी : पाकिस्तानमा जारी च्याम्पियन ट्रफी किक्रेट प्रतियोगीतामा इङ्ग्ल्याण्ड विरुद्ध अष्ट्रेलियाले शानदार जित निकालेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा इङ्ग्ल्याण्डले दिएको ३५२ रनको विशाल लक्ष्य अष्ट्रेलियाले ४७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो ।

अस्ट्रेलियाको जितमा इंग्लिसले नट आउट रहँदै सर्वाधिक १ सय २० रन जोडे । उनले ८६ बलमा ८ चौका र ६ छक्का प्रहार गरे ।ओडिआई करियरको पहिलो शतक इंग्लिसले ७७ बलमा पूरा गरे । अस्ट्रेलियाले २७ रन जोड्दा २ विकेट गुमाएर खराब सुरुवात गरेको थियो ।अस्ट्रेलियाको तेस्रो विकेटका लागि माथ्यु शर्ट र मार्नुस लाबुशेनले ९५ रनको साझेदारी गरे । ओपनर शर्टले ६६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६३ रन जोडे ।लाबुशेन ४५ बलमा ५ चौकाको सहयोगमा ४७ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए । पाँचौ विकेटका लागि इंग्लिस र एलेक्स केरीले १ सय ४६ रनको महत्वपूर्ण साझेदारी गरे । केरीले ६३ बलमा ८ चौकाको सहयोगमा ६९ रन बनाए । ग्लेन म्याक्सवेल १५ बलमा ३२ रनमा नट आउट रहँदा ओपनर ट्राभिस हेड ५ रनमा आउट भए इङ्ग्ल्याण्डका लागि आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार गर्यो ।इङ्ग्ल्याण्डका ओपनर बेन डकेटले नट आउट रहँदै सर्वाधिक १ सय ६५ रन जोडे । उनले १ सय ४३ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए ।उनले यसअघि २००४ को च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डका नाथन एस्टलले बनाएको कीर्तिमान तोडेका हुन् । नाथनले अमेरिकाविरुद्धको खेलमा नट आउट १ सय ४५ रन बनाएका थिए ।जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान जोस बटलर २३, जेमी स्मिथ १५, लियम लिभिङ्स्टोन १४ रन बनाए । जोफ्रा आर्चर २१ रनमा नट आउट रहँदा बायडेन कार्सले ८ रन जोडे । अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । जितसँगै अस्ट्रेलिया पहिलो खेलमा जितका साथ दोस्रो स्थानमा छ । पराजित इङ्ग्ल्याण्ड भने अंक बिहिन रहेको छ । यस समूहमा रन रेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । च्याम्पियन्स ट्रफीमा सोमवार युएईमा भारत र पाकिस्तानबीच खेल हुदैछ ।

दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् भने अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

Leave a Reply