You are currently viewing च्याम्पियन पुलिस क्लबलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

च्याम्पियन पुलिस क्लबलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली सोमवार स्वदेश फर्केको छ।टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ, पुलिस क्लबका खेलाडी लगायतले भव्य स्वागतको गरेका थिए।

माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।त्यसअघि लिग चरणमा पुलिसले  पहिलो हुमोलाई ३-० दोस्रो श्रीलंका एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो ।

घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्नाका  वावजुद ३-२ सेटको जित निकालेको थियो पुलिसको चरणको आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले पराजित गरेको थियो।

नेपालको लिगको विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको पुलिसले च्याम्पियन बनेर फर्केको छ।पुलिस क्लबकी उषा भण्डारी च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन्‌ ।

Leave a Reply