पौष २६,धनगढी : कृष्णपुर नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ मा सहभागी २६ माध्यमिक स्कुलमध्ये जे.बी एकेडेमी बाणिले ७ स्वर्ण ९ रजत र १३ कास्य गरी जम्मा २९ पदक सहित दोस्रो स्थान हाँसिल गर्न सफल भएको छ । जे.बि.एकेडेमीले २०७९ सालमा मात्रै राष्ट्रपति रनिङ शिल्डमा सहभागीता जनाएको थियो भने ३ वर्षमै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
वि.स. २०६६ सालमा स्थापना गरि संचालनमा आएको जे.बि.एकेडेमिले १५४ जना विद्यार्थीबाट पठनपाठन सुरू गरेकोमा १५ बर्षभित्रै करिब ९०० बढी विद्यार्थी अध्ययनरत रहेका छन । हाल जे.बि.एकेडेमीमा मण्टेश्वरी कक्षा संगै नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । जे.बि.एकेडेमीले लगातार शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा दिनुका साथै खेलकुद , सांस्कृतिक कार्यक्रम , समाजीक कार्यमा पनि उत्तिक्कै सहभागीता गरिरहेको छ । खेलाडीलाई नगद पुरस्कार सहित विशेष छात्रवृत्ति ,आमाबुवा गुमाएका बच्चाहरूलाइ निशुल्क , बुवा गुमाएका बच्चालाई ५०% छुट , मुक्त कमैयालाई ५०% छुट , दलित विद्यार्थीलाई १०% छुट , निरपेक्ष गरिबिको रेखामुनि रहेकालाइ अवस्था अनुसार आंशिक तथा पुर्ण छात्रवृत्ति गरि करिब १५० जना विद्यार्थी निशुल्क पढाइरहेको जानकारी प्राचार्य जगदीश सेटीले जानकारी दिए ।
जे.बि.स्कुलबाट कृष्णपुर नगरस्तरिय छनौट प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडिलाई प्रति स्वर्ण रू ५००० उपलब्ध गराउने घोषणा स्कुलले यसअघि नै गरिसकेको छ । यो संगसंगै शैक्षिक अवलोकन भ्रमण , निरन्तर विद्यार्थी , कर्मचारी तथा अभिभावक अन्तरक्रिया , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा सहभागीता जनाउनुका साथै कमजोर विद्यार्थीका अतिरिक्त कक्षामा साथै दिवा तथा रात्री छात्रावासको व्यवस्था पनि गरेको छ । आफ्नै १५ कट्टा जग्गामा खेलमैदान , सुविधासम्पन्न भवन , फर्निचर , कम्प्युटर , यातायातका साधन भएको जे बि एकेडेमी हरियाली युक्त शान्त वातावरणमा विद्यालय रहेको छ । साथै विद्यालयले समाजमा उत्कृष्ट कार्य गर्दै आएका व्यक्ति तथा संस्थालाई पनि वार्षिकोत्सव समारोहमा सम्मान गर्दै आएको छ ।
खेलाडीको हौसला बढाउन जे.बि.एकेडेमीले आज पुस २६ गते विहान १० बजेदेखि बाजागाजासहित खेलाडी तथा प्रशिक्षकको सम्मान गरि गाउँ परिक्रमा गराउने र दिउँसो ३ बजे मैत्रीपूर्ण भोजको पनि आयोजना गर्ने प्राचार्य जगदीश सेटीले जानकारी दिए ।