You are currently viewing जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

असोज २९,धनगढी : नेपाल प्रिमियर लिग ( एनपीएल ) को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा अनुबन्धन गरेको हो । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त गरिएको जानकारी गराएको हो । नेपालको राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक पुबुदुको नेतृत्वमा सन् २०१४ को विश्वकप क्रिकेट खेलेको थियो। उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए। जनकपुर बोल्ट्सको मार्की खेलाडीको रुपमा राष्ट्रिय टिमका विकेट किपर ब्याट्स्म्यान आशिफ शेख रहेका छन । जनकपुर बोल्ट्सले राष्ट्रिय टिमका स्टार खेलाडी ललितनारायण राजवंशी,अनिल कुमार शाह लगायत मधेश प्रदेशका उदयमान खेलाडीहरुलाई अक्सन मार्फत टिममा भित्र्याएको जनकपुर बोल्ट्सलाई विदेशी खेलाडीको सन्तुलन मिलाउन सके उपाधी दाबेदार टिममा रुपमा समेत हेरिने गरेको छ ।

टिममा रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको यादव र तुल बहादुर थापा जस्ता प्रतिभावान युवा खेलाडीहरुको बाहुल्यता छ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म टियु मैदानमा सञ्चालन हुने एनपीएल प्रतियोगितामा आठ टोलीको सहभागीता रहनेछ ।

 

Leave a Reply