You are currently viewing जन्मभूमी केआई सिंह गाउँपालिकामा राष्ट्रिय क्रिकेटर शेर मल्ल नगद सहित सम्मानित /@Shermalla

जन्मभूमी केआई सिंह गाउँपालिकामा राष्ट्रिय क्रिकेटर शेर मल्ल नगद सहित सम्मानित /@Shermalla

माघ ५,धनगढी : डोटीको केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर शेर मल्ललाई नगदसहित सम्मान गरेको छ । छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‍घाटन समारोहमा मल्ललाई १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

पालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकमसहित सम्मान गरेका हुन् । केआई सिंह गाउँपालिकाका स्थायी बासिन्दा मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सका तर्फबाट खेल्दै पहिलो संस्करणमै टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

मल्लले आफूले कठिन संघर्ष गरेर यो स्थानसम्म आइपुगेको बताए । अत्यन्तै विपन्न परिवारमा जन्मिएका मल्ल भारतमा रोजगारीका लागि गएका आफ्ना आमाबुवासँगै हुर्किएका थिए । त्यही नै उनले क्रिकेट सिकेको बताए । तीव्र इच्छाशक्ति र मिहिनेतका भरमा क्रिकेटप्रतिको रुचि विकास गर्दै राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाएको हुँ, उनले भने । करिबन एक दशकदेखि क्रिकेटमा सकृय मल्लले नेपालको उमेर समूह हुँदै नेपाल ए बाट समेत खेलिसकेका छन । हाल उनी कैलालीमा रहेर सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्तरका प्रतियोगीता खेल्दै आएका छन ।

Leave a Reply