You are currently viewing जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्ने /@Gaurigangafootball

जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्ने /@Gaurigangafootball

धनगढी, फागुन १३ : सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्ने भएका छन् ।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि दुबै टोली भिड्ने भएका हुन् । दोस्रो सेमिफाईनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले बागमति प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदुरपश्चिम प्रदेशको टीमसँग प्रतिस्पर्धा गर्ने भएको हो । सुदुरपश्चिम प्रदेश यसअघिको पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै फाईनल पुगेको छ । आज भएको दोस्रो सेमिफाईनलमा लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब बागमति प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाईनल पुगेको हो । लुम्बीनीको जितमा विनोद केवतले निर्णायक गोल गरे । उनले खेलको ७५ औं मिनेटमा गोल गरेका हुन् । आफ्नो टोलीलाई फाईनल पुराउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापा मगर म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।


सुदुरपश्चिम र लुम्बीनी प्रदेशबीचको फाईनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।

Leave a Reply