You are currently viewing जय ट्रफी : पहिलो दिन वीरगन्जमा बलर हाबी,ब्याटिङमा कोहि जम्न सकेनन

जय ट्रफी : पहिलो दिन वीरगन्जमा बलर हाबी,ब्याटिङमा कोहि जम्न सकेनन

पौष २१,धनगढी: विरगञ्जमा जारी जय ट्रफी पुरुष इलाइट कपको पहिलो दिन जनकपुरमा वाग्मती प्रदेशविरुद्ध घरेलु टिम मधेस १०२ रनमै समेटिएको छ ।जनकपुरस्थित रामजानकी मैदानमा भएको खेलको स्टम्प हुँदासम्म मधेसविरुद्ध वाग्मती ६८ रनले पछि परेको छ । खेल बिहान नौ बजेदेखि सुरु हुने तालिका रहेपनि बाक्लो हुस्सुका कारण करिब दुई घण्टा रोकिएको थियो । खेलमा टस जितेर ब्याटिङमा आएको मधेसले पहिलो इनिङमा ३५.३ ओभर खेल्दा सबै विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो । मधेसका मयन यादवले सर्वाधिक २१ रन बनाए । उनले ३६ बलमा एक चौका र एक छक्का प्रहार गरे । विशाल पटेलले १६ रन थपे । निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाए ।

मधेसलाई सस्तैमा रोक्न वाग्मतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १४ ओभर बलिङ गरेका सन्दीपले दुई मेडन फ्याक्दै ४१ रन खर्चिए ।सूर्य तामाङले तीन विकेट लिए । नन्दन यादव र प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो ।पहिलो दिन मधेसविरुद्ध १३ ओभरमा ३४ रन बनाउँदा वाग्मतीले दुई विकेट गुमाएको छ ।वाग्मतीबाट अविजित रहेका सुभ कंशाकार २२ र इशान पाण्डे नौ रनमा खेलिरहेका छन् । त्यसअघि वाग्मतीका ओपनर रित गौतम तीन रन र आशुतोष घिरैया शून्यमा पभेलियन फर्किएका थिए ।मधेसका रुपेश सिँह र विशाल पटेलले समान एक विकेट लिएका छन् । प्रतियोगिताको दोस्रो दिन बिहान नौ बजेदेखि खेल सुरु हुने तालिका छ ।

त्यस्तै दोश्रो खेलमा विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १८ रनले अगाडि रहेको छ ।वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पहिलो दिनको समाप्त हुँदा पुलिस १०/७ को स्थितीमा छ । पुलिसका लागि गुल्शनकुमार झा ३४ र प्रेम तामाङ एक रन बनाएर खेलिरहेका छन् ।यसैगरी अमित श्रेष्ठ १८, रासिद खान १६ शंखर राना १३, दिलिप नाथ १० र कप्तान आरिफ शेद चार रन बनाएर पेभेलियन फर्किए । कुशल भुर्लेल र अर्जुन साउदले भने रनको खाता खोल्न सकेनन् । आर्मीका लागि शाहब आलमले पाँच, सोमपाल कामी र पवन कार्कीले समान एक विकेट लिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी पहिलो इनिङमा १२१ रनमै समेटिएको थियो । आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, पवन कार्कीले अविजित १५, बसिर अहमदले १२ र शाहब आलमले ११ रन बनाए ।पुलिसका लागि ललितनारायण राजवंशीले सात तथा कुशल भुर्लेल, श्रवण यादव र राशिद खानले समान एक विकेट लिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै मधेस र वाग्मती प्रदेश प्रतिस्पर्धामा छन् । प्रतियोगिताको लिग चरणका खेलहरू दुई दिनको हुनेछ । जसमा एक दिनभर कुल ९० ओभर खेलाइने हुँदा एक टिमले ६० ओभर खेल्न पाउने छन् । प्रतियोगिताको फाइनल भने तीन दिनको हुनेछ ।

 

Leave a Reply