You are currently viewing जय ट्रफी : पुलिसका स्पिनर ललित राजवंशी चम्किएपछि आर्मी सस्तैमा समेटियो

जय ट्रफी : पुलिसका स्पिनर ललित राजवंशी चम्किएपछि आर्मी सस्तैमा समेटियो

पौष २१,धनगढी : नेपाल पुलिस क्लबका ललित एक्लैले सात विकेट लिएपछि त्रिभुन आर्मी क्लब १२१ रनमै समेटिएको छ । त्रिभुन आर्मी क्लबको पारी धरासयी बनाउन ललितले १७।४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले सुलेर खेल्न सकेन ।

आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन । पुलिसका लागि कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले पनि एक एक विकेट हात पारे ।

त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा ‘टी ब्रेक’ हुँदासम्म मधेशले ३३ ओभरमा ७ विकेट गुमाएर ९८ रन बनाएको छ । अभिषेक तिवारी १० तथा प्रदिप पासवान १ रन बनाएर खेलिरहेका छन् ।

बागमतीका सन्दीप लमािछानेले ४ विकेट लिँदा नन्दन यादव, प्रतिश जिसी र सुर्य तामाङले १/१ विकेट लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)  को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच तथा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल भैरहेको छ ।

Leave a Reply