You are currently viewing जारी प्रतियोगीतमा अंकविहिन नेपाल भियतनामसँग पनि पराजित

जारी प्रतियोगीतमा अंकविहिन नेपाल भियतनामसँग पनि पराजित

एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत  तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ ।

मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अङ्क जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ गोलको हार व्यहोरेको थियो । भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक/एक गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए ।

खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको १७औँ मिनेटमै सनिशले गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए ।दोस्रो हाफमा भियतनामले दुई गोल गर्‍यो । मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply