जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

१ असोज,धनगढीः जिल्ला अस्पताल बैतडीमा असोज ४ गते निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सीएमसी नेपालको आयोजनामा हुने शिविरमा मनोरोग विशेषज्ञ डा.विवेक रेग्मीले सेवा दिनेछन्।
शिविरमा डिप्रेशन, एन्जाइटी, निद्रानलाग्ने, मन आत्तिने लगायत मानसिक रोगहरूको चेकजाँच तथा उपचार निशुल्क गरिनेछ। नेपाल सरकारले उपलब्ध गराउने औषधि समेत निःशुल्क वितरण गरिने जिल्ला अस्पतालले जनाएको छ।


अस्पतालका प्रमुख डा.सुशील विकका अनुसार मानसिक समस्या बढ्दै गएकाले यस्ता शिविर नियमित सञ्चालन गर्ने योजना बनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top