आश्विन ८,धनगढी
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला खेलमैदानमा दुइ दिवसिय क्रिकेट प्रतियोगीता शुरु भएको छ । प्रतियोगीतामा यतिबेला कैलाली र डोटी खेलिरहेका छन । कैलाली जिल्लाको कप्तानी नारायण जोशीले गरिरहेका छन भने डोटी जिल्लाको कप्तानी भोजराज भट्टले गरिरहेका छन ।
खेलाडीहरुलाई व्यस्त राख्न र उनीहरुको खेल कौशलमा निखारता ल्याउन दुई दिवसीय क्रिकेट प्रतियोगीता आयोजना गरिएको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रम बिस्टले जानकारी दिए ।
मंगलबार फाप्ला खेलमैदानमा एक औपचारिक कार्यक्रमका बीच दुइ दिवसिय क्रिकेट प्रतियोगीताको जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष ललित खत्रीेले उद्घाटन गरेका हुन । खेलाडीहरुको प्रर्दशनमा सुधार ल्याउन यस्ताखालका प्रतियोगीताले महत्तपूर्ण भुमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि खत्रीले बताए ।
जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथि सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका कोषाध्यक्ष एंव डोटी जिल्ला अध्यक्ष दिनेश सिंह रहेका थिए भने कार्यक्रममा ,सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका सदस्य रमेश चन्द,कैलाली जिल्लाका सचीव देव नारायण झा,कोषाध्यक्ष बिनोद लामा सदस्य गोविन्द राज जोशी लगायत पदाधिकारी,सदस्य खेलाडीहरुको उपस्थिति रहेको थियो ।
जिल्ला क्रिकेट संघ कैलाली पछिल्लो समय क्रिकेटजन्य गतिविधिमा सकृय रहेका छ । कैलालीले हरेक वर्ष कैलाली प्रीमियर लिग ( KPL ) आयोजना गदैं आएको छ भने ग्रासरुट क्रिकेट विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा पनि गदैं आएको छ ।

