जिल्ला प्रशासनबाट लगेका सामान फिर्ता गर्न थाले

२९भाद्र,धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका सामान शनिवारदेखि फिर्ता गर्न थालिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ। आइतवार बिहान १० बजेसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने र्‍याक लगायतका सामान फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।


प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top