२८भाद्र,धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीमा सरसफाइ गरिएको छ। जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सरसफाइ थालिएको हो।
सशस्त्र प्रहरी र जेन–जी पुस्ताले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, कैलालीको पर्खाल र भवन सरसफाइ गरेका छन्। उनीहरूले प्रशासनको प्रवेश द्वारमा लेखिएका नारासमेत मेटाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धका नाराहरूसमेत जेन–जी पुस्ताहरूले नै मेटाएका छन्। जिल्ला प्रशासन कार्यालय, कैलालीमा सेवा सुचारुका लागि सरसफाइ थालिएको हो। जेन–जी पुस्ताहरूले फाइलहरू जलेको खरानी, सिसा तारहरू, फर्निचर तथा कुर्सीहरू बाहिर थुपारेका छन्। उनीहरूले पानीले कार्यालय सफा गर्दैछन्।

जेन–जी पुस्ताका गोकर्ण जोशीले कार्यालयमा क्षति भएको बताए। उनले भने, जेन–जी पुस्ताहरूमा पनि राजनीति चेतना आएको छ। सरकारले सामाजिक सञ्जालसमेत बन्द गरेको थियो। छोटो समयमा देशमा ठुलो क्रान्ति भयो। देशका संरचनाहरूमा क्षति भएको छ। तर, देश सही बाटोमा अघि जाने छ। साथीहरू स्वस्फूर्त आएका हुन्। उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?