२४ भाद्र,२०८२ः धनगढीस्थित मायामेट्रो अस्पताल र कैलाली अस्पताल प्रा.लि.ले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन्।
दुवै अस्पतालले विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सबै पक्षका घाइतेको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको जनाएका छन्।

कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले सामाजिक सञ्जालमार्फत उपचार सुविधा सबैका लागि खुला गरिएको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?