जेन्जी धनगढीले भदौ २८ गतेदेखि सरसफाइ तथा पुनर्निर्माण अभियान सुरु गर्ने

२७भाद्र,धनगढीः हालै सम्पन्न जेन्जी आन्दोलनका क्रममा देशभर भएको मानवीय तथा भौतिक क्षतिले धनगढी पनि प्रभावित भएको छ। विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक संरचनामा पुगेको क्षतिको कारण जनताले पाउनुपर्ने सेवा–सुविधामा समेत अवरोध भएको भन्दै धनगढी जेन्जी समुदायले पुनर्निर्माण र सरसफाइ अभियान सुरु गर्ने घोषणा गरेको छ।


समुदायले जारी गरेको विज्ञप्तिमा भदौ २८ गतेदेखि धनगढीलाई पहिलेजस्तै बनाउन सरसफाइ र पुनर्निर्माणका काम थालिने उल्लेख छ। यस क्रममा सरकारी संरचनाहरू मर्मत तथा सरसफाइ गरी सेवा प्रवाह सहज बनाउन पहल गरिने जनाइएको छ। समुदायले धनगढीमा रहेका सम्पूर्ण युवाहरूलाई भदौ २८ गते बिहान १० बजेभित्र सम्पर्कमा आउन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top