You are currently viewing ’जेन जी’ को प्रदर्शनमा गोली लागेर एक जनाको ज्यान गयो, कैयौं घाइते

’जेन जी’ को प्रदर्शनमा गोली लागेर एक जनाको ज्यान गयो, कैयौं घाइते

  • Post category:समाचार
  • Post comments:0 Comments

२३ भाद्र,२०८२ः’जेन जी’ भनेर चिनिने नव युवापुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ ।
बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा सिभिल अस्पतालमा एक जनाको ज्यान गएको अस्पतालले जनाएको छ । सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले एक जनाको ज्यान गएको र अहिले अस्पताल घाइतेहरूले भरिन थालेको जानकारी गराउनभुएको छ । ज्यान गुमाउने व्यक्तिको विवरण खुलिसकेको छैन ।


सिभिल अस्पतालभित्रका अरू बिरामीलाई उठाएर प्रदर्शनकारी घाइतेलाई राख्नुका साथै कतिपय शय्या बाहिर निकालेर घाइतेको उपचार भइरहेको छ । यस्तै बानेश्वरको एभरेस्ट अस्पताल पनि घाइतेहरूले भरिन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply