वैशाख १,धनगढी : धनगढी एफसी र ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग ९एनएसएल० को पहिलो क्वालिफायरमा पुगेका छन् । दुई पटकको फाइनलिष्ट धनगढी एफसीले तेस्रो जित निकाल्ने क्रममा आज झापा एफसीलाई १-० ले हराउँदै धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ।

Match between Dhangadi FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production
पहिलो क्वालिफायरमा ललितपुर र धनगढीले खेल्ने पनि निश्चित भएको छ। धनगढीको जितमा अहमद हिजाजीले एक मात्र निर्णायक गोल गरे। झापाले भने गोल गर्ने मौका सिर्जना गरेपनि गोल गर्न सकेन्। यो हारले झापाको प्ले अफको यात्रा गणितीय आधारमा मात्र बाँकी छ।

Match between Dhangadi FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production
खेलको पहिलो मिनेटमा नै रितिक खड्काको पासमा अभिनाश स्याङतानको प्राहरलाई धनगढीका गोल किपर वालिद विरोले उत्कृष्ट बचाउ गरे।झापाले सुरूवात देखि नै आक्रमक खेल खेल्यो। खेलको ३० औं मिनेटमा अर्को मौका गुमायो। आरसिस लाजारले करिब २५ यार्ड टाढाबाट हानेको पावरफुल कर्लिङ प्रहारलाई धनगढीका गोल किपर वालिद विरोले डाइभ गर्दै एक हातले बचाए।यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सुनौलो मौका झापाले गुमायो। अभिनाश स्याङतानको सटिक पासमा अलहाजी गेरोको हेडर क्रसबारको नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
दोस्रो हाफको तेस्रो मिनेटमा झापाका अलहाजी गेरोले करिब ४० यार्ड टाढाबाट हानेको लामो पावरफुल सट क्रसबार माथीबाट बाहिरियो। ५८ औं मिनेटमा रितिक खड्काको भलिमा धनगढीका विवेक पौडेलले गोल लाइन नजिकैबाट क्लियत गरिदिए।झापालर निरन्तर पाएको मौकालाई सदुपयोग गर्न सकेन्। यता धनगढीले ६० औं मिनेटमा गोल गर्यो। सर्जियो बारबोजाको क्रसमा अहमद हिजाजीले क्लोज रेन्जबाट गोल गरे। हिजाजीको यो छैटौं गोल हो। सर्वाधिक गोलकर्ताको सुचीमा उनी शीर्षस्थानमा रहेको छ।

Match between Dhangadi FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production
एक शुन्यले पछि परेको झापाले ६८ औं मिनेटमा बरावरी गोल फर्काउने उत्कृष्ट मौका गुमायो। कप्तान लाकेन लिम्बुको फ्री-किकमा अनमार्क रहेका दीपेश धिमालले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।खेल सकिन २ मिनेट बाकी छँदा झापाले बराबरी गोल फर्काउने अर्को मौका गुमायो। सबस्टिच्युट खेलाडी प्रविण खुलालले गोल किपर वालिद विरोलाई चिप गर्दे गरेको प्रहार क्रसबारमा लागेर फर्कियो। रिबाउन्डमा आरोन थापाको प्रहारलाई डिफेन्डरले ब्लक गरे।
झापा यो खेलमा अभागी नै रहयो। इन्जुरी समयमा आरोन थापाले एजबाट हानेको प्रहार गोल किपर वालिदले ब्लक गरे। रिबाउन्डमा प्रविण खुलालको प्रहारलाई किपरले रोके।झापाले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अहमद हिजाजी कै गोल निर्णायक बन्यो् यो सँगै धनगढीले झापालाई १-० ले हारायो।
अपराजित धनगढीले पाँच खेलमा तीन जित र दुुई बराबरीमा ११ अंक बनाएको छ। पाँच खेल खेलेको झापासँग ४ अंक रहेको छ। यसअघि लगातार चार खेल बराबरी गरेको झापाको यो पहिलो हार हो। अब धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले भने अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्नेछ। भोलि बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच खेल हुनेछ।