३०श्रावण,२०८२ः अस्ट्रेलियामा जारी टप इन्ड टि–२०ः नेपाललाई एनटिएसले १७८ रनको लक्ष्य दिएको छ
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० प्रतियोगितामा नेपालले नर्दन टेरिटोरी स्ट्राइकर्स (एनटिएस) विरुद्ध १७८ रनको लक्ष्य पाएको छ। एनटिएसले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको हो।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा ३ विकेट लिएका छन्। त्यस्तै सहाब आलमले २ विकेट लिए भने रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले समान १÷१ विकेट झारे।
१७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अब बलियो ब्याटिङ प्रदर्शन गर्नुपर्नेछ। प्रतियोगितामा नेपालले यसअघिका खेलहरूमा समेत सशक्त प्रदर्शन गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?