You are currently viewing टाइलेण्ट हण्टमा उत्साहित सुदूरपश्चिमका युवाहरु,यसरी हुँदैछ छनोट / @SudurpaschimRoyals / @NPL

टाइलेण्ट हण्टमा उत्साहित सुदूरपश्चिमका युवाहरु,यसरी हुँदैछ छनोट / @SudurpaschimRoyals / @NPL

मंसिर २,धनगढी : नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ( आजबाट ) टाइलेण्ट हण्ट सुरु गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि टाइलेण्ट हण्ट शुरु भएको हो । टाइलेण्ट हण्टको उद्घाटन सत्रमा फाप्ला खेलग्राम विकास समितिका अध्यक्ष सुवास विक्रम शाही,नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउँद,जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्ट,जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष ललित खत्री, सुदूरपश्चिम रोयल्सका ब्राण्ड एम्बास्डर ओलम्पियन दिपक बिस्ट,टिम मालिक स्वतन्त्र प्रताप शाह,रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरीका संयौ युवाहरुको उत्साहजनक उपस्थिति रहेको छ ।
टाइलेण्ट हण्ट छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा छन भने उनलाई क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री,निरज चन्द र सुदूरपश्चिम रोयल्समा आबद्ध अनुभवी खेलाडी विनोद भण्डारी र नरेश बुढाऐरल साथ दिइरहेका छन । टाइलेण्ट हण्टले सुदूरपश्चिमका खेलाडीहरुको मनोबल उच्च बनाएको कैलालीका खेलाडी टेक रावतले बताए । त्यस्तै धनगढीमा किक्रेट खेलिरहेका अभिषेक पालले प्रदेश भरीका उत्कृष्ट युवाहरु मध्ये कुनै एकले अवसर पाएपनि समग्रमा त्यो यस क्षेत्रको क्रिकेटका लागि राम्रो हुने बताए ।


टाइलेण्ट हण्टमा सहभागी हुन चाहाने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्टेसन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो । टाइलेण्ट हण्टमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी युवा खेलाडीहरुले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।


नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले टाइलेण्ट हण्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्निे प्रावधान अनुसार १ जना आइकोकिन खेलाडी र ४ जना सुदूरपश्चिम हिरोजको रुपमा छनोट गरिने सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले बताए । आइतबार टाइलेण्ट हण्ट सकेर सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ । त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाण्डौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाण्डौं जानेछ ।

स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेश कै दिपेन्द्र सिंह ऐरी रहेका छन । सुदूरपश्चिमका खेलाडिहरुलाई बढीभन्दा बढी मौका दिने गरी टिम तयार गरेको र आफ्नो टिमले उत्कृष्ट नतिजा ल्याउने सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । उस्ले ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो ।

Leave a Reply