You are currently viewing Record Alert / टि-२० आइमा नेपालले बनाएको ३१४ को विश्व कीर्तिमान जिम्बाव्वेले एकैवर्षमा तोड्यो

Record Alert / टि-२० आइमा नेपालले बनाएको ३१४ को विश्व कीर्तिमान जिम्बाव्वेले एकैवर्षमा तोड्यो

कार्तिक ७ धनगढी :हुन त विश्व किर्तिमानहरु तोडिनकै लागि बनेका हुन्छन तर गतवर्षको एसियन गेम्समा मंगोलियाविरुद्ध टि२० आइमा नेपालले बनाएको ३१४ रनको विश्वकिर्तिमान यति छिट्टै तोडिएला भन्ने अड्कल गरिएको थिएन । आज भने एकवर्षकै आसपासमा त्यो विश्वकिर्तिमान तोडिएको छ । आइसिसी टी-२० विश्वकप सब रिजनल अफ्रिका छनोटमा टेस्ट राष्ट्र जिम्बाबेले नेपालको उक्त रेकर्ड तोडेको हो।

नेपालले गत वर्ष चीनमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन प्रहार गर्दै विश्व कीर्तिमान राखेको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ५० बलमा १३७ रनको अविजित पारी, कप्तान रोहित पौडेलले २७ बलमा ६१ रनको पारी र अलराउण्डर दिपेन्द्र सिंह ऐरीले १० बलमा कसैले तोड्न नसक्ने विश्व किर्तिमान ५२ रनको अविजित पारी खेलेका थिए तर, उक्त रेकर्ड एक वर्षमै जिम्बाबेले तोडेको हो। उक्त रेकर्ड तोड्नेक्रममा जिम्बाबेले गाम्बियामाथि २० ओभरमा चार विकेट गुमाउँदै ३४४ रन बनायो।

आइसिसी टी-२० विश्वकप सब रिजनल अफ्रिका छनोटमा टेस्ट राष्ट्र जिम्बाबेले नेपालको उक्त रेकर्ड तोडेको हो। विश्व कीर्तिमान बनेको उक्त खेलमा जिम्बाबेका ३ खेलाडीले अर्धशतक प्रहार गरे भने कप्तान सिकन्दर राजाले मात्र ४३ बलमा १५ छक्का र ९ चौकाको मद्दतले १३३ रनको अविजित पारी खेले । जिम्बाबेले २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रन बनाएको थियो । ३४५ रनको लक्ष्य पछ्याउने क्रममा गाम्बिया १४.४ ओभरमा ५४ रनमै अलआउट हुँदै २९० रनको ठूलो हार व्यहोर्न पुग्यो ।

Leave a Reply