वैशाख १०,धनगढी : धनगढीमा सम्पन्न टीम ईलाभेन संस्कार सिनियर कृकेट प्रतियोगिताको उपाधि नारायण स्पोर्ट क्लव कञ्चनपुरले जितेको छ । जित संगै नारायण स्पोर्ट क्लवले नगद १ लाख ११ हजार १११ सहित आकर्षक ट्रफि हात पारेको छ । उप विजेतामा चित्त बुझाएको युथ अफ टीकापुरले ५५ हजार ५५५ नगद सहित ट्रफि प्राप्त गर्यो । फाइनल खेलमा युथ अफ टीकापुरलाई ५ विकेटले पराजीग गर्दै नारायणले उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै ७८ रनमा समेटिएको थियो । युथ अफ टीकापुरका लागि सुदिप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निरासाजनक रह्यो ।
टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान ३/ ३ विकेट लगे । ७९ रनको लक्ष्य नारायण स्पोर्ट क्लवले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले । बलिङ् तर्फ युथ अफ टीकापुरका सागर रावलले ३ विकेट लगे । संस्कार विद्याश्रम गोदावरी नगरपालिका९८ स्याउलेको आयोजनामा चैत ३० गते देखि सुरू भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ टोली सहभागी रहेका थिए ।
प्रतियोगिताको वेष्ट ब्याट्स म्यान नारायण स्पोर्का सुमित बुढाल भए । त्यसैगरी वेष्ट बवल उत्तर त्रसुलका अनुप छेडाल घोषित हुदा संस्कार विद्याश्रमका कप्तान रावल ईमर्जिङ प्लेयर बनेका छन् । प्रतियोगीतामा विजेता र उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगीताका थप तस्वीरहरु :
Photo : Khabar & : Live