You are currently viewing डिजिटल दुनियाँमा फड्को मार्दै राज मिडिया हाउस,झण्डै डेढ करोड लगानीमा यस्ता छन सुविधाहरु

डिजिटल दुनियाँमा फड्को मार्दै राज मिडिया हाउस,झण्डै डेढ करोड लगानीमा यस्ता छन सुविधाहरु

भाद्र ४,धनगढी
धनगढी उपमहानगरपालिका-२ बैयाबेहडिमा रहेको राज मिडिया हाउसले वर्ल्ड फोटोग्राफी डे अर्थात विश्व फोटो दिवसलाई भव्यताका साथ मनाएको छ । सोमबार मिडिया हाउसले स्टुडियो भिजिट गर्ने सम्पुर्णको सित्तैमा फोटो सुट गरिएको हो । विभिन्न मौलिक पहिरन सहितका करिबन १०० जनाको सोमबार निशुल्क फोटो सुट गरेको राज मिडिया हाउसका सिइयो आदित्य विक्रम क्षेत्रीले जानकारी दिए । सन २०१० अगस्ट १९ तारीखका दिन विश्वका करिबन २०० फोटोग्राफरले एकैपटक सामाजिक संजाल मार्फत वर्ल्ड फोटोग्राफी डे भन्दै पोस्ट गरेको र त्यसैलाई पछि विश्वभरका सबै फोटोग्राफरले अनुसरण गर्दै यो दिन स्थापित भएको क्षेत्री बताउँछन् । उनले फोटो तथा भिड्योग्राफीमै आफुले जीवन समर्पित गरेको भन्दै आफ्ना लागि अगस्ट १९ कुनै चाडपर्व भन्दा कम नरहेको र आगामी दिनमा यसलाई अझै व्यापकताका साथ आयोजना गर्ने बताए ।


एक दशक लामो फोटोग्राफीको अनुभवलाई मध्यनजर गर्दै क्षेत्रीले करिबन डेढ करोड बढी लगानी लगाएर धनगढीमा अत्याधुनिक स्टुडियो तयार गरेका छन् । उनले भने लामो समय विभिन्न क्षेत्रमा काम गरियो ती सबै अनुभवहरुलाई संगाल्दै २०७७ सालमा आधिकारिक रुपमा राज मिडिया हाउस दर्ता गरेर काम गर्न थालेको छु सबै परिस्थिति ठिक भए भविष्यमा फोटोग्राफी क्षेत्रमै केही नयाँ गर्ने योजना गरेको छ । छोटो समयमै असाध्यै राम्रो गुडविल बनाइसकेको राज मिडिया हाउसले फोटोग्राफी र भिडियोग्राफ्री,डिजिटल मार्केटिङ,फोटोग्राफ्री तथा भिडियोग्राफ्री सम्बन्धि तालिम समेत दिदै आएको छ

Leave a Reply