माघ १३,धनगढी :डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको अध्यक्षमा लोकडेउडा गायक सुरत बहादुर रावत ‘डोटेली कान्छा’ निर्विरोध चयन भएका छन्।
शनिवार सम्पन्न अधिवेशनबाट प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट, उपमहासचिवमा प्रेम विवश चन्द, सांगठनिक सचिवमा विष्णु भक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सहकोषाध्यक्ष धनसरा साउँद चयन भएका छन्।
त्यस्तै सदस्यमा केशबराज फुलारा, धनेश्वरी रेग्मी, चन्द्र बहादुर थापा, सरस्वती धामी, जयन्ती धामी चएन भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर धामीले बताए। २५ सदस्सीय कार्यसमितिमा बाँकी सदस्य कार्यसमितिले मनोनित गर्नेछ। चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको बन्द सत्रमा २५ सदस्यीय कार्यसमिति गठनका लागि भएको विभिन्न पदमा भएको निर्वाचन प्रक्रियामा केही पदमा संशोधित विधान प्रशासनबाट पारित भएपछि मनोनीत हुने मुख्य निर्वाचन अधिकृत धामीले बताए । प्रतिष्ठानले पछिल्लो समय सुदूरपश्चिमका पर्व विशेषमा लोक संस्कृतिका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।