You are currently viewing तेश्रो टि२० मा भारत पराजित,इंण्ल्याण्डको सिरिजमा उत्कृष्ट पुनरागमन /@IndvsEng /@ICC /@BCCI

तेश्रो टि२० मा भारत पराजित,इंण्ल्याण्डको सिरिजमा उत्कृष्ट पुनरागमन /@IndvsEng /@ICC /@BCCI

माघ १५,धनगढी : इंण्ल्याण्डले घरेलु टोली भारतलाई तेश्रो टि२० आइमा २६ रनले पराजित गर्दै सिरिजमा उत्कृष्ट पुनागमन गरेको छ । ५ टि२० आइको सिरिज पहिलो र दोश्रो टि२० आइमा भारत हाबी भएपनि आजको खेलमा भने इंण्ल्याण्डका बलर सामु भारतीय ब्याटर सुलेर खेल्न सकेनन । जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २-१ मा पुर्याएको छ ।

इंण्ल्याण्डले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो । भारतका लागि हार्दिक पाड्याले ४० रन बनाउनु बाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन । इङ्ग्ल्याण्डका लागि जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २, मार्क वुड र आदिल राशिदले समान १ विकेट लिए

Photo : Indian Cricket Team

यसअघि रासकोटमा टस हारेर पहिला ब्याटिङ गरेको इंण्ल्याण्डले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । इंण्ल्याण्डका लागि बेन डकेट ५१ रनको अर्धशतकीय पारी खेले भने लियम लिविंगस्टनले ४३ रनको पारी खेले । कप्तान जोश बटलरले २४ रनको योगदान दिए । भारतका लागि वरुण चक्रवर्ती सर्वाधिक ५ विकेट चट्काए । हार्दिक पंड्याको नाममा २ विकेट रह्यो । ५ टि२० आइ सिरिजमा घरेलु टोली भारतले लगातार दुई खेलमा जित निकाल्दै सिरिज जित्ने तरखरमा रहेको भारतमाथि इंण्ल्याण्डले तेश्रो खेलमा नमिठो हार चखाएको छ । चौथो टि ट्वान्टी आई शुक्रवार हुनेछ भने पाँचौ तथा अन्तिम टि ट्वान्टी आइतबार हुनेछ ।

Leave a Reply