You are currently viewing तेश्रो संस्करणको कैलाली प्रिमियर लिग सुरु,उद्घाटन खेलमा शुक्लाफाँटा र गोदावरी प्रतिसपर्धा गर्दै /@KPL-3

तेश्रो संस्करणको कैलाली प्रिमियर लिग सुरु,उद्घाटन खेलमा शुक्लाफाँटा र गोदावरी प्रतिसपर्धा गर्दै /@KPL-3

फाल्गुन ०७,धनगढी : तेश्रो संस्करणको कैलाली प्रिमियर लिग टि२० च्याम्पियनसीप सुरु भएको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा बुधबार धनगढीको फाप्ला मैदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरी महारा रक्षाले उक्त प्रिमियर लिगको उद्घाट गरेकी हुन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी महाराले खेलकुदमा हाम्रा खेलाडीहरुमा राम्रो सम्भावना भएपनि राज्यले खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेकोले खेलक्षेत्र पछाडी परेको बताइन । उद्घाटन सत्रमा धनगढी उपमहानरपालिका वडा न.४ का अध्यक्ष बुद्धि बहादुर खड्का र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रम बिष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा धनगढी उपमहानरपालिका वडा न.३ का अध्यक्ष राज बहादुर ऐर,वडा न.४ का अध्यक्ष बुद्धि बहादुर खड्का,वडा न.१३ का अध्यक्ष विजयराज जोशी,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी,कोषाध्यक्ष दिनेश सिंह,उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा,गुरुकुल एकेडेमी धनगढीका प्रबन्ध निर्देशक तथा पूर्व राष्ट्रिय खेलाडी दिपक सरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन डिल्लीराज ओझाले गरेका थिए ।

बुधबार सुरु भएर फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेश भरीका १२ ओटा नगरपालिकाका टिमले सहभागीता जनाउँदैछन । प्रतियोगीताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले रहेको र अन्य विभिन्न संघ संस्थाहरुले सहयोग गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टले बताए ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । प्रतियोगीताको उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिम र शुक्लाफाँटा नगरपालिकाको टिम भिडिरहेको छ भो आजै घोडाघोडी नगरपालिका र पुर्नवास नगरपालिका बी खेल्दैछन । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply